अस्ट्रेलियामा नेपाली समुदायको प्रस्तुती उत्कृष्ट

IMG_0392असनेपालन्युज , सिड्नी।
अस्ट्रेलियामा नेपाली समुदायको विभिन्न सामुदायिक प्रस्तुतिहरू प्रभावकारी बन्दै गैरहेको छ। विभिन्न मेलामा हुने सामुदायिक गतिविधि, राष्ट्रिय पहिचानका कार्यक्रम हरूमा नेपाली पहिचानयुक्त्त खाना , पोशाक , नाच , गायन उत्कृष्ट हुने गरेको विभिन्न काउन्सिलका प्रतिनिधि बताउंछन्। यसैक्रममा हर्ट्स्भिल काउन्सिल , सिड्नी द्वारा आयोजित बहुसांस्कृतिक मेलामा नेपाली पाहिचानका प्रस्तुति प्रभावकारी रहेको कार्यक्रमका सहभागी माइकल ब्रडफर्ड असनेपालन्युजलाई बताउंछन्। हर्ट्स्भिल काउन्सिलको आयोजना तथा अन्य संघ संस्थाको समन्वयमा रहेको सो मेलामा अन्य समुदायको तुलनामा नेपाली कला, सामुदायिक गतिविधि आकर्षक रहेको र यो प्रभाव हरेक स्टेट मा समान रहेको नेपाली समुदायका अगुवा प्रतिनिधि तथा एन आर एन का प्रवक्ता मन केसि असनेपालन्युजलाई बताउनुह्नुन्छ ।
शनिवार नेपाली समुदायका तर्फ बाट अन्य समुदायका विच विशेष प्रस्तुति राखिएको थियो । हर्ट्स्भिलको म्याक मोहन स्ट्रिटमा आयोजित सडक महोत्सबमा नेपाली कला तथा पहिचान युक्त प्रस्तुतिलाई तामाझामका साथ प्रदर्शन गरिएको थियो । पछील्लो दिनमा नेपाल र नेपालीको पहिचान अस्ट्रेलियाको राष्ट्रिय तवरमा साकारात्मक बन्दै गैइरहेको छ।

सम्बन्धित शिर्षकहरु