चैत २१ ।धनुषा, जनकपुर स्थित एउटा घरको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा करेन्ट लागेर आज ४ जना युवाहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना घरमा काम गरिरहेका नजिकैको गाउँका मिस्त्री हुन् भने एकजना उनीहरुलाई बचाउन गएका स्थानीय रहेका छन ।
जनकपुर उपमहानगरपालिका १६ को पुल्चोकमा आज विहान साढे ८ बजे भएको घटनामा मृत्यु हुनेमा धनुषाको शिवपुर-१ का मिस्त्रीहरु सुनिल दास, श्याम मुखिया र मिलन मन्डल खतवे र उनीहरुलाई बचाउन गएका २६ वर्षिय अरुण साह रहेको प्रहरीले जनाएका छन । करेन्ट लागेर मिस्त्रीहरु ट्यांकीमा खसेको हल्ला सुनेपछि बचाउन गएका साहलाई पनि करेन्ट लागेको थियो । बेहोस भएका उहाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । प्रहरीले घटनास्थल पुगेर ट्यांकी फोरेर शव निकालेको छ ।स्थानीयका अनुसार यो निर्माणाधीन घरमा हुक लगाएर बिजुली तानेर काम गरिएको थियो । घरमा बिजुलीको मिटर जोडिएको थिएन । ट्यांकीमा पानी भएका कारण उनीहरुलाई करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।








