अजेय शर्मा , असनेपालन्युज , मेलवर्न ।
सयौं दर्शक हरूका विच राति अवेर सम्म जम्यो मेलवर्नको एन आर एन नाइट । युवाहरु नाच्दै र गाउँंदै जोशिएका थिए , मन पर्ने कलाकारहरू सँग । गांउंदै नाच्दै र झुम्दै कलाकार र दर्शकहरू स्टेज वाहिर झुमेको क्षण रोमान्चक थियो । स्वर र प्रतिभाकि धनी कलाकारहरू कोमल वलि र नेपाली गायन फांटकि चम्किली तारा इन्दिरा जोशि को प्रस्तुति सबैको आकर्षण बनेको थियो । कोमल र इन्दिराले एक पछि अर्को गर्दै आ-आफ्ना ५ भन्दा बढि गीतमा सबै दर्शकालाई नचाएका थिए । यस्तै हास्य ब्यङ्य को विशेष प्रस्तुतिमा भुपेन्द्र चुडालको ‘क्यारी केचर र रमाइलो झटारे गीत आकर्षक बनेको थियो । साहित्यकार तथा पत्रकार भीमसेन सापकोटाको दमदार उद्घोषण कलाले दर्शकहरूलाई कहिले पेट मिची-मिचि हंसाएको थियो भने कहिले स्तब्ध बनाएको थियो । यस्तै कार्यक्रमको उद्घोषणमा आकर्षक बनेकि थीइन निरु त्रिपाठी। राति १० वजे सम्मको पुर्व निर्धारित कार्यक्रम दर्शक हरूको मागका कारण थापा २ घण्टा बढी लम्ब्याइएको थियो । गैर आवसिय नेपाली संघ भिक्टोरिया राज्य समितिको आयोजनामा सम्पन्न सो कार्यक्रम बाट उठेको रकम नेपालको विराटनगर स्थित पाथिभरा श्रद्दाश्रमको सहयोगार्थ सहयोग गरिने जनाईेको छ। परोपकारी कार्यका लागि विशुद्द मनोरन्जनात्मक कार्यक्रम गरिएकाले सोचे भन्दा राम्रो सफलता प्राप्त गरेको र आफुले महिनौ देखि तयारीमा खर्चगरेको समय र श्रम फलदायि बनएको आयोजना मध्येका एक कृष्ण न्यौपाने असनेपालन्युजलाई बताउनु हुन्छ । कार्यक्रमको माध्यमबाट उठाइएको रकम सहि स्थानमा खर्छ हुने भएकाले नै दर्शक हरूको विशाल उपस्थिति रहेको ॠषि कंडेल असनेपालन्युजलाई बताउनु हुन्छ । यसोत गत वर्ष मे ३० मा श्रद्दा श्रमका लागि आयोजना गरिएको रात्री भोज मार्फत चन्दा सहयोग गर्ने हरूलाई सो कार्यक्रममा प्रमुख अतिथि भिक्टोरियाका महावाणिज्य दुत चन्द्र योन्जन ले आयोजकका तर्फ बाट कदर पत्र वितरण गर्नु भएको थियो । स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुती रहेको सो कार्यक्रम नेपालका लागि नेपालीले चाहेमा जस्तो सुकै अवस्थामा पनि सहयोग जुट्न सक्छ भन्ने कुराको उदाहरण बनेको मोरङ्ग समाज भिक्टोरियाका संरक्षक बम योन्जन बताउनुहुन्छ । कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।








