एन एस् डब्लु अस्ट्रेलियाको चुनाव सकियो , प्रिमियरमा माइक ब्रइड

असनेपालन्युज ,सिड्नी।
न्यु साउथ वेल्स अस्ट्रेलियामा ४५ औं प्रिमियर को छनौटका लागि आयोजित निर्वाचन सम्पन्न भएको छ। एन एस् डब्लुका लागि आगामि ४ वर्षका लागि गठन हुन गएको सरकारका चयनका लागि पनि सो निर्वाचन भएको हो । प्रिमियर पदका लागि लेबर पार्टिका तर्फ बाट चुनावमा प्रतिस्पर्धि बनेका माइक बैईर्ड ले लेवर पार्टिका नेता तथा आफ्ना प्रतिस्पर्धि लुक फोल्लीलाई पछाडि पारेका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सरकार चयनका लागि भएको यो चुनावमा नेपाली मुलका अस्ट्रेलियनहरूले पनि मतदानमा भाग लिएका छन्। मतदानमा भाग नलिंदा जरिवाना तिर्नु पर्ने भए पछि भर्खरै अस्ट्रेलियाको नागरिक बनेका देखि पुराना नेपाली मुलका अस्ट्रेलियालीहरूले समेत मतदान गरे। रिभरउड मतदान केन्द्रका सहभागी हरि श्रेष्ठ भन्छन् ‘ जरिवाना मा परिन्छ भन्दा पनि मैले उम्वेद्वार हरूको राम्रो अध्ययन पछि मतदानमा सहभागी बनेको हुँं ‘ । नेपालीहरूले यसपालि विषेश चासो का साथ मतदान गरेको देखिएको र लेबरले गुमाएको सिट हार नभएर स्थानिय तवरका जनताले लेबरबाट प्राप्त गरेको सहयोगको प्रतिकृया जनाइएको लिबरल फ्रेण्ड्स अफ नेपालका संयोजक श्री नापित असनेपालन्युज लाई बताउनुहुन्छ । माइक CBJXSYFVIAA-C8O.jpg 1ब्रइड केहि समय अघिमात्र एन एस् डब्लु का प्रिमियर भएका थिए ।उहां अहिले ४५ उहां प्रिमियर बन्न सक्नु भएको छ । सरकार गठन गर्नका लागि लिबरल गठबन्धन लाई ४७ सिटको जरुरि थियो ।पछिल्लो नतिजा अनुसार लेबर गठबन्धन ले एन एस् डब्लु को सरकार बनाउने अवश्यप्राय भइसकेको छ। यस बारेको थप जानकारीका लागि असनेपाल न्युज हेर्दै रहनुहोला ।

भिक्टोरियमा लिबर पार्टिले समेत आफ्नो सम्मेलन सम्पन्न भएको छ। कार्यालयहरूमा महिला कर्मचारीहरूको हुनुपर्ने प्रस्तावना सहीत उनिहरूले आफ्नो कार्यक्रम सम्पन्न गरेका छन्।

न्यु साउथ वेल्स संसदको ‘लेजिस्लेटिम एसेम्ली’का ९३ जना र ‘लेजिस्लेटीभ काउन्सिल’का ४२ जना गरि जम्मा एक सय ३५ जना सदस्यहरुको लागि यो चुनाव भएको हो । अहिले एनएसडब्लु संसदमा सत्तारुढ लिभरल पार्टीका ६१, विपक्षी लेभर पार्टीको २३, ग्रीन-१ र स्वतन्त्र ८ सांसदहरु रहेका छन् ।

सम्बन्धित शिर्षकहरु