विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलिया विजयी

काठमाडौ, विश्वकप क्रिकेट प्रतियोगिताअन्र्तगत खेलमा भारत र अस्ट्रेलिया बिजयी भएका छन् ।

विश्वकप क्रिकेट प्रतियोगिताअन्र्तगत शनिबार भएको पहिलो खेलमा भारतले जिम्बाबेलाई ६ विकेट ले पराजित गरेको छ । २ सय ८८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको डिफेन्डिङ च्याम्पियन भारतले प्रस्तुत लक्ष्य मात्र ४८ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा भेटाउदा भारत ६ विकेटले बिजयी भएको हो ।
खेलमा भारतका लागि सुरेश रैनाले अबिजित १ सय १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले अबिजित ८५ रन तथा बिराट कोहलीले ३८ रनको योगदान गरेका थिए ।
यस्तै बलिङ तर्फ जिम्बाबेका तिन्सी पानागरेले २ विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै २ सय ८७ रनको योगफल तयार पारेको थियो । खेलमा जिम्बाबेका लागि कप्तान ब्रन्डम टेलर्सले १ सय ३८ रनको पारी खेल्दा सेन विलियम्सले अर्धसतक बनाएका थिए ।
उता बलिङतर्फ भारतका लागि महम्मद शामी, उमेश यादव र मोहित शर्माले समान ३÷३ विकेट हात पारे । यस्तै आजको दोस्रो खेलमो अस्ट्रेलियाले स्कटल्यान्डलार्य ७ विकेटले पराजित गरेको छ । १ सय ३१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले प्रस्तुत लक्ष्य मात्र १५ दशमलब २ ओभरमा भोटाउन सफल भएको थियो ।
खेलमा अस्ट्रेलियाको लागि मिकेल क्र्लाकले ४७ तथा सेट वाटसनले २४ रनको योगदान गरेका थिए । यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै मात्र १ सय ३० रन जोड्न सफल भएको थियो । खेलमा स्कटल्यान्डको लागि मट मछनले सर्बाधिक ४० रन जोड्दा, जोस डेभिले २६ रनको पारी खेलेका थिए । बलिङ तर्फ अस्ट्रेलियाको लागि मिकेल स्र्टकले सर्बाधिक ४ विकेट हात पारे । पराजित संगै जिम्बाबे र स्कटल्यान्डको अन्तिम आठबाटै बाहिरिएका छन् ।

सम्बन्धित शिर्षकहरु