यसरी गरियो विश्वकै पहिलो सफल लिंग प्रत्यारोपण

cn_china_surgeryदक्षिण अफ्रिकाका चिकित्सकहरुको एउटा टिमले संसारमै पहिलो सफल लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।
केपटाउनस्थित टाइबरबर्ग अस्पताल र टेलेनेबस युनिभर्सिटीको संयुक्त टोलीले यो अपरेशन ९ घण्टामा पूरा गरेको हो । दोस्रोपटक यसप्रकारको अपरेशन गरिएको मानिएको छ।
यसअघि चीनमा पनि यस्तै कोशिस गरिएको थियो । तर, असफल भएको थियो । चिकित्सकहरुले नैतिक कारण भन्दै अपरेशन गरिएका व्यक्तिका विषयमा कुनै जानकारी दिएका छैनन् ।
२१ वर्षीय यस युवकको तीन वर्ष अघि गरिएको परम्परागत ‘खतना’ समस्या आएपछि यो अपरेशन गरिएको हो । खतनापछि उनको लिंगमा समस्या आएको थियो ।
अपरेशन टिमका प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्भले भने–मेडिकल साइन्सका लागि यो निकै ठुलो उपलव्धी हो । उनले भने–यो सफल अपरेशन गर्ने टिमको अंग बन्न पाउनु मेरा लागि गर्वको कुरा हो ।चिकित्सकहरुले यो अपरेशन केही अगाडि नै गरेका थिए । तर उनीहरु सफलताका विषयमा पूर्णरुपमा आस्वस्थ हुनका लागि प्रतिक्षामा थिए । प्रत्यारोपण सफल भएपछि उनीहरुले यो घटना सार्वजनिक गरेका हुन् ।
जब विरामीको शरीरले प्रत्यारोपित लिंग स्वीकार गर्यो तब यस विषयमा चिकित्सकहरुले सार्वजनिक जानकारी गराएका हुन् । एजेन्सी

 

सम्बन्धित शिर्षकहरु