असनेपालन्युज । क्वालालम्पूर , मलेशिया । अस्ट्रेलिया बाट नेपाल जान लागेका नेपालीहरू मलेशियाको क्वलालम्पुर विमानस्थलमा ३ दिन देखि अलपत्र हुन पुगेका छन्। मलेशिया बाट काठमाण्डौ उडान भर्ने विमानहरूले तीन देखि लगातार सेवा रद्द गरे पछि नेपाली लगायत अन्य विदेशि यात्रु समेत अलपत्र छन्।
नेपालको काठमाण्डौ बिमानस्थलको धावन मार्गमा दुर्घटना भई अवरोध बनेको टर्किस एयर एयरलाईन्स लाई अझै हटाउन नसक्दा हाल त्यसतर्फ जाने सबै पनि विमान सेवा रद्द भएका छ्न्। क्वालालम्पूर मा यो समाचार तयार पार्दा सम्म करिव ४ सय नेपालीइहरू विमानस्थलमै उडान को प्रतिक्ष्यामा दिन र रात काटाउन वाध्य छ्न्। यात्रु मध्येका एक सिमा लामिछाने भन्छिन’ यहां यू महिने वालक देखि ७० वर्षिय बुढा-बुढि विचल्लिमा परेका छन्।
खाना खाने रेस्टुरेन्ट देखि प्रतिक्ष्या लय समेत भरिएका छन् भने विभिन्न स्थानमा यात्राीहरू भुईमै सुतेको वा रोईरहेको देख्न सकिन्छ। उनको भनाइमा सो स्थानका क्याफे र रेस्टुरेन्ट हरूले आफ्नो मुल्य मौकाको फाईदा उठाउंदै दोब्बर बनाएका छन्। सबैभन्दा कठिनाइमा बाल-बच्चा परेको र सुत्ने खाने ठेगान नहुंदा स्वास्थ्य मा समेत प्रतिकुल असर पर्न थालेको सिड्निको रकडेल बाट नेपाल जान लागेकि रमा कोईरालाको भनाइ छ। यात्रूहरूको कुनै दोस नहुंदा पनि विमान कम्पनिले होटलको ब्यवस्था गरेको छैन । नेपालबाट हावाई सेवा सुचारू भए पनि सयौं को संख्याका यात्रूलाई ओसार पसार गर्न थुप्रै दिन लाग्ने अनुमान गरिएको छ।
यसो त सिङापूर ,थाइल्याण्ड र हङ्कङ का विमानस्थलमा समेत नेपालीइहरू हरू अलपत्र छन्।
के हुंदैछ नेपालमा
घाँसे मैदानबाट रनवेमा ल्याइएको टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त विमानलाई दिउँसो दुई बजेभित्र पार्किङस्थलमा पुर्याइसक्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले विमान गुडाउने क्रममा सन्तुलन बिग्रने समस्या नदेखिएको खण्डमा २ बजेपछि विमानस्थल खुला गर्न सकिने बताए । विमानस्थल खुले पनि धेरै एयरलाइन्सले आजका लागि निर्धारित उडान रद्ध गरिसकेकाले तुरुन्तै उडान सुचारु हुने सम्भावना भने रहँदैन ।
गत बुधबार अवतरणको क्रममा रनवे छाडेर घाँसे मैदानमा भासिएको टर्किस एयरको विमानलाई प्राविधिकहरुले शनिबार विहान तानेर रनवेमा पुर्याएका छन् ।
किन भयो ढिलाई
खास गरी वैदेशिक रोजागारीका लागि खाडी मुलुक जाने तथा उताबाट फर्कने नेपाली नागरिकहरू बढी प्रभावित भएका छन्। मलेसिया, कतार, दुबईलगायत मुलुकका एयरपोर्टमा घर फर्कन हिँडेका नेपालीहरू अलपत्र परेका हुन्। मलेसियाबाट आनो घर आउन हिँडेका गुल्मीका टीकाराम ज्ञवालीले एयरपोर्टमै बस्नुपर्दा बिचल्ली भएको बताएका छन्। लगातार लाइट क्यान्सिल हुँदा थुप्रै नेपाली एयरपोर्टमै अलपत्र परेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा प्रभावित हुने हवाई यात्रुमा ८० प्रतिशत वैदेशिक रोजागरसँग सम्बन्धित भएको बताउनुभयो। समयमै गन्तव्यमा पुग्न नसक्दा थुप्रै नेपालीहरूको मेडिकलको म्याद सकिने तथा बिदामा आएकाहरूको बिदा अवधि सकिने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, बिदामा आएका झन्डै ५ सय जना नेपालीहरूको समयमै गन्तव्यमा पुग्न नसक्दा भिसा अवधि सकिएको हुन सक्ने उहाँको अनुमान छ।
नेपालबाट दैनिक १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांक छ। त्यस्तै, सोही हाराहारीमा नेपालीहरू बिदामा वा भिसा सकेर आउने गर्दछन्। यसरी खाडी मुलुकमा जाने र नेपाल फर्कनेहरूको उडान रोकिँदा उनीहरूको खर्चसमेत बढेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सरदर ४० ओटा अन्तर्राष्ट्रिय विमान अतवरण हुने गरेको र सोही संख्याको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रबन्धक पूर्णप्रसाद चूडालले जानकारी दिनुभयो। त्यस्तै, विमानस्थलबाट दैनिक सरदर १२ हजार जनाले हवाई यात्रा गर्ने गरेका छन्। यसलाई आधार मान्दा बुधबारदेखि करिब १ सय २० उडान रद्ध भएको र त्यसबाट करिब ४० हजार हवाईयात्रु प्रभावित भएको देखिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले शनिबार बिहान १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरिएको सूचना जारी गरेको थियो ।








