हिमपहिरोमा पुरिएर १३ जनाको मृत्‍यु

फागुन २० ।गोरखा,गोरखा जिल्लासँग सिमाना जोडिएको तिब्बतको गुन गाउँमा हिमपहरोले पुरिएर १३ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
लगातारको हिमपातपछि सोमबार झरेको हिमपहिरोले १३ जनाको घरभित्रै पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेहरुको नाम भएन खुल्न सकेको छैन । गुन गाउँमा गोरखाको छेकम्पार गाविसको सीमाबाट दुईघण्टा पैदलापछि पुग्न सकिन्छ । गाउँमा पाँच फिटभन्दा बाक्लो हिउँ जमेको त्यहाँका स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई खबर गरेका थिए ।
गोरखाको छेकम्पार गाविस–८ को छुले र वडा नं. ९ को निले गाउँमा पनि पाँच फिटभन्दा बाक्लो हिउँ जमेको छ । हिमपातका कारण ठूलो संख्यामा याक, चौरी र संरक्षित जनावरहरु झारल, नाउर, कस्तुरी, हिमचितुवा र फ्यामुसा लागायत जनाहरु समेट मृत अवस्थामा देखिएको स्थानीयले बताएका छन ।

 

सम्बन्धित शिर्षकहरु