बैशाख ३१ । कालिकोट, कालिकोटको नरहरिनाथ गाउँपालिकाको माल्कोटमा मतपेटिकाको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहिन भएका छन् । अहिले थप सुरक्षाकर्मी घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यलले बताएको छ । यता कालिकोटको नरहरिनाथ गाउँपालिकाको मालकोटमा पनि मतपेटिका कब्जा लिएर जलाइएकोखबर प्राप्त्त भएको छ । घटनालाई नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीमाथि नै अज्ञात समुहले ढुंगामुडा प्रहार गरेको छ । प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन ।
त्यसै गरी रुकुमको सिम्रुटुबाट मतपेटीका मतगणनास्थलमा ल्याउने क्रममा अवरोध पुर्याउन अज्ञात समूहले त्रिवेणी गाउँपालिकास्थित मुडु जगलमा बम विस्फोट गराएको छ ।यद्यपि, सबै मतपेटीका रहेको प्रहरीले जनाएको छ








