लाखौको मोती नक्कली भन्दै चोरले हलिउड अभिनेत्रीको ड्रेस फिर्ता गरेपछि..

हलिउड अभिनेत्री लुपिथा न्योंगको ओस्कार समारोहपछि चोरी भएको पहिरन फेला परेको छ।चोर स्वयमले यो ड्रेस फिर्ता गरेको हो ।चोरले ड्रेसमा रहेको ६००० मोदी नक्कली भएको भन्दै ड्रेस फिर्ता गरेको हो ।

यसअघि ड्रेसमा जडित मोतीको मूल्य करिब डेढ करोड भएको अनुमान गरिएको थियो । अभिनेत्री न्योंगले ओस्कार समारोहमा भाग लिन यो पहिरन विशेष ढंगले डिजाइन गराएकी थिइन् ।
उनको यो पहिरनले निकै चर्चा पनि बटुलेको थियो । यस वर्षको ओस्कार समारोहमा अभिनेत्री न्योंगको पहिरनलाई निकै सुन्दर भन्दै प्रशंसा गरिएको थियो यो पहिरन केल्भिन क्लेनले डिजाइन गरेका थिए । एजेन्सी

सम्बन्धित शिर्षकहरु