विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई हराउदै न्यूजिल्यान्डको जित

during the 2015 ICC Cricket World Cup match between Australia and New Zealand at Eden Park on February 28, 2015 in Auckland, New Zealand.फागुन १६ ।काठमाडौ,विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार बिहान भएको खेलमा न्यूजिल्यान्डले अस्ट्रेलियालाई हराउदै जीत हासिल गरेको छ । आयोजक राष्ट्र न्यूजिल्यान्डले अर्को आयोजक अस्ट्रेलियामाथि गरेको जित रोमाञ्चक थियो । अस्ट्रेलियाले ३२.२ ओभरमा अलआउट हुँदै दिएको १५२ रनको लक्ष्य न्यूजिल्यान्डले ९ विकेटको क्षतिमा २३.१ ओभर खेल्दै भेट्टाएको हो ।

यो पटकको विश्वकपका दाबेदार मानिएका यी दुई टिमबीचको भिडन्त न्यूजिल्यान्डको अक्ल्यान्डमा भएको थियो । यी दुईको भिडन्तले दुबै देशका दर्शकलाई अन्तिम समयसमम्म शास रोक्न बाध्य बनायो ।
अन्ततः खुसीका हकदार भने न्यूजिल्यान्डका समर्थक भए । वान डे क्रिकेटमा एक नम्बर टिम न्यूजिल्यान्ड कुनै बेला ५ विकेट गुमाएर १३१ रन बनाई खेलिरहेको थियो ।
न्यूजिल्यान्डले जारी विश्वकपमा लगातार चार खेलमा जित निकालेको हो । अस्ट्रेलियालाई हराउन ओपनर ब्रेन्डन म्याकुलमले सर्वाधिक ५० रन जोडे । उनले २४ बलको सामना गर्दै ७ चौका र ३ छक्काको मद्धतमा किबी टिमको जितको आधार खडा गरेका थिए ।
त्यसैगरी नटआउट रहँदै विजयी छक्का हानेका केन विलियम्सनले ४५ रनको पारी खेले । उनले ४२ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्धतमा सो स्कोर खडा गरे । त्यसैगरी कोरी एन्डरसनले २६ रन जोडे ।
उसले त्यसपछि थप चार विकेट १५ रन जोड्ने क्रममा गुमायो । १४६ रन बनाएको अवस्थामा न्यूजिल्यान्डले ९ विकेट गुमाइसकेको थियो । किबी टिमलाई जितका लागि ६ रनको आवश्यकता रहेको अवस्थामा उसको हातमा एक विकेटमात्र बाँकी थियो ।
त्यो अवस्थामा अस्ट्रेलियाका प्याट कमिन्स २४ औं ओभर बलिङ गर्न आए । २४ औं ओभरको पहिलो बलमै केन विलियम्सनले छक्का हानेर न्यूजिल्यान्डलाई जिताए ।
यसअघि न्यूजिल्यान्डसामू अस्ट्रेलियाको पूरै टिमले घुँडा टेकेको थियो । अस्ट्रेलियाको पूरा टिम ३२.२ ओभरमा १५१ रन बनाउँदै अलआउट भयो । अस्ट्रेलियन टिमले शुरुवात पनि खराब गरेको थियो । उसको पहिलो विकेट ३० रन बनाउँदा गिरेको थियो ।
अस्ट्रेलियाका लागि ब्राड हडिनले चार चौका र दुई छक्‍का प्रहार गर्दै ४३ रन बनाए भने ३० बलमा दुई चौका प्रहार गर्दै ३४ रनको योगदान गरे। यस्तै शेन वास्टनले २३ रन, अरोन फिन्‍चले १४ र मिचेल क्लेर्कले १३ रन जोडे।
न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्ट एक्लैले अस्ट्रेलियाका ५ खेलाडीलाई पेभेलियनको बाटो देखाए । टिम साउथी र डानियल भेटोरीले समान २र २ विकेट लिए। यस्तै कोरी एन्डर्सनले एक विकेट लिए।

सम्बन्धित शिर्षकहरु