अष्ट्रेलिया, पछिल्लो समय अष्ट्रेलियामा नेपाली चलचित्रको बजार फस्टाएको र दर्शकहरु नेपाली चलचित्रप्रति आकर्षित भएको देख्न सकिन्छ। नेपाली मौलिक परिवेशमा बनेको चलचित्र पशुपति प्रसाद पुनः सिड्नीको ईभेन्ट सिनेमा Burwood मा 2016 28 February मा प्रदर्शन हुने भएको छ।
नेपाली चलचित्र टलकजंग टुल्केबाट वाहवाह कमाएका खगेन्द्र लामिछाने पुनः पशुपति प्रसादमा प्रमुख भमिकामा देखा पर्दैछन। नेपाली मौलिक परिवेशमा बनेको चलचित्र पशुपति प्रसाद नेपाली चलचित्र क्षेत्रमा एउटा राम्रो सम्भावना बोकेको चलचित्र हो।पशुपति असनेपालन्युजसँग कुरा गर्दै प्रसादको प्रदर्शनमा लागेका लक्कि श्रेष्ठले पहिलो सो बाटै दर्शकहरूले अत्यन्तै राम्रो प्रतिकृया दिएको र आउदो 28 February मा पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताए। चलचित्र पशुपति प्रसादलाई खगेन्द्र लामिछानेले लेखेका हुन भने यसलाई दिपेन्द्र के खनालले निर्देशक गरेका हुन।








