बलिउड अभिनेत्री मनिषा कोइराला भारतको हरिद्वारमा जोगिनीको भेषमा देखा पर्नु भएको छ । महायोगी पाइलट बाबा र उनका सहयोगीले आयोजना गरेको महामृत्युंजय एकादश रुद्र महायज्ञमा भाग लिन उहा त्याँहा पुग्नु भएको हो । साध्वीको भेषमा रहेकी कोइरालालाई धेरैले चिन्न समेत नसकेको बताइएको छ। भारतीय संचार माध्यमहरुका अनुसार उहाले चलचित्र जगतबाट सन्यास लिएर अध्यात्मको बाटो पक्ष्याएको चर्चा गरे पनि मनिषाले भने त्यसलाई अस्वीकार गर्नु भएको छ । भारतीय संचारकर्मीहरुसँगको कुराकानीमा मनिषाले चलचित्र चलचित्र क्षेत्रबाट टाढा जाने बारे सोच्न पनि नसक्नु बताउनु भएको छ । “केही दिनअघि मात्र मैले दुई वटा चलचित्र साइन गरेकी छु, त्यसमध्ये एउटा राजकुमार सन्तोषीको हो ।” मनिषाले भारतीय संचार माध्यमहरुसँग यसो भन्नु भएको छ,”दोस्रो तमिल फिल्म निर्माताको हो यस्तो अवस्थामा सन्यास लिने कुरा गलत हो, हरिद्वार आएर मलाई ठुलो शान्ति मिलेको छ, मलाई अहिल्यै लाग्दैन कि म सन्यास लिने मुडमा छु । म त्यो पनि गर्ने छु तर त्यतिबेला जब जीवनमा सबैभन्दा नराम्रो अवस्था आउनेछ।”लामो समयदेखि चलचित्र क्षेत्रमा देखा नपरेकी मनिषाले अन्तिम चलचित्र भूत रिटर्न्स थियो, जुन सन् २०१२ मा रिलिज भएको थियो । केही वर्षअघि क्यान्सर लागेको मनिषाले सन् २०१२ मा ओभेरियन क्यान्सरको उपचार अमेरिका पुगेर गराएको निको हुनु भएको थियो ।








