फलामखानीमा चट्याङ लागेर ६ जना घाइते

फागुन ७ ।पर्वत,पर्वतको गाबिसको वडा नम्बर ४ रुपेस्वाँरा स्थित फलामखानीमा चट्याङ लागेर ६ जना घाइते भएका छन् ।बुधवार दिउँसो परेको चट्याङका कारण चट्याङ लागेर माया सुनार, दुर्गाबहादुर सुनार, डिलबहादुर सुनार,सरस्वती क्षेत्री, सीता सुबेदी,सुदिप क्षेत्री घाईते भएका छन् । घाईतेहरुको टाउको,छाती,खुट्टा र शरिरका बिभिन्न भागमा चोट लागेको स्थानिय सविना सुनारले जानकारी दिनुभयो ।

सुनारका अनुसार घाईतेमध्ये सुदिप,दुर्गाबहादुर र सरस्वतीको अवस्था केहि गम्भिर छ । घटनास्थल सदरमुकाम कुश्माबाट ७ कोष टाढा रहेकाले उपाचारका लागि ल्याउन ढिलाइ भएको छ ।
हरेक बर्ष फलामखानीमा चट्याङले धनजनको क्षति पु-याउने गरेको छ । गतबर्ष जेठ महिनामा चट्याङ लागेर गाबिसको वडा नम्बर ६ निवासी सर्वजित सुनारको मृत्यु भएको थियो भने थुपै्र घाईते भएका थिए । गडिडाँडामा रहेका स्मार्ट र एनसेलको टावरमा समेत चट्याङले क्षति पु¥याउँदा दुईवटै टावरले काम गरेको छैन ।

सम्बन्धित शिर्षकहरु