क्रिकेट विश्वकप: आयरल्याण्डका सामु वेस्ट इन्डिज स्तब्ध

Cricket WCup Ireland West Indies

फागुन ४, काठमाडौं – अस्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज भर्खरै सम्पन्न खेलमा आयरल्यान्डले वेस्टइन्डिजमाथि जित दर्ता गरेको छ ।  टस हारेर पहिले ब्याटिंग गरेको वेस्टइन्डिजले पूरै ५० ओभर खेलदै दिएको ३०४ रनको लक्ष्य आयरल्यान्डले २५ बल बाँकी छँदै पुरा गरेको हो ।

पउल स्ट्रलिङले ९२, इड जोयसले ८४ र नियल ओब्रयन ७९ रन जोडेपछि आयारल्यान्डले ४५.५ ओभरमा ३०७ रन बनाउदा उपाधिको दाबेदार मनिएको वेस्टइन्डिजलाई पराजित गरेको हो ।

वेस्टइन्डिजका लागि टेलरले ३ विकेट लिए । त्यसैगरी क्रिसे गेल र मार्लोन स्यामुयल्सले १/१ विकेट लिए । वेस्ट इण्डिजको इनिङलाई मध्यक्रमका ब्‍याट्सम्यानहरु ड्यारेन स्यामी र लेड्ले सिमोन्सले छैटौं विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे। खेलमा सिमोन्सले १ सय २ रन जोडेभने स्यामीले ८९ राको योगदान दिए

बलिङतर्फ आयरल्याण्डका जर्ज डक्रेलले ३ विकेट लिए। वेस्ट इन्डिज एकदिवसीय विश्वकपको सुरुका तीनवटा संस्करणमा फाइनल पुगेको थियो जसमध्ये दुई वटामा उ विजेता हो ।
यसअघि आइतबार भएका खेलहरुमा साविक विजेता भारत र दक्षिण अफ्रिका विजयी भएका थिए । अस्ट्रेलियाको एडिडमा भएको खेलमा भारतले चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानलाई ७६ रनले पराजित गरेको थियो ।

न्यूजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले हराएको थियो।

 

सम्बन्धित शिर्षकहरु