आफ्नो मन्दिर बनेको सुन्दा भारतीय प्रधानमन्त्री स्तब्ध

modi-temple-sफागुन २९ । प्रधानमन्त्री मोदीले गुजरातको राजकोटमा आफ्नो मन्दिर बनेको सुन्दा आफू स्तब्ध भएको बताउनु भएको हो ।
प्रधानमन्त्री मोदीले बिहीबार बिहान ट्वीट गर्दै यसलाई भारतको महान परम्पराविरुद्ध भएको बताउनु भएको छ ।
मोदीले भन्नु भएको छ, “यसरी मन्दिर बनाउनु हाम्रो संस्कृतिअनुसार होइन, उहाले यो खबरले व्यक्तिगत रुपमा अत्यन्तै आहत पुराएको बताउनु भएको छ । प्रधाममन्त्री मोदीले मन्दिर बनाउनेहरुसँग यसप्रकारको काम नगर्न अपिलसमेत गर्नु भएको छ ।
उहाले भन्नु भएको छ, “यदि तपाईहरुसँग समय र संशाधन छ भने त्यसको प्रयोग हाम्रो स्वच्छ भारतको सपना पूरा गर्नका लागि उपयोग गर्नुहोस ।”
भारतीय जनता पार्टीका केही समर्थकले राजकोटमा यो मन्दिर बनाएका हुन् । यो मन्दिरमा भगवानको स्थानमा नरेन्द्र मोदीको प्रतिमा राखिएको छ।
भारतीय समाचारपत्र इण्डियन एक्सप्रेससँग कुरा गर्दै ओम युवा ग्रुपका अध्यक्ष शंकर पटेलले भन्नु भएको छ,यो स्थानमा हामी नरेन्द्र मोदीको चित्र राखेर गत ११ वर्षदेखि पूजा गर्दै आएका छौ । अब हामी उहाको एउटा प्रतिमा बनाएका छौ । यो प्रतिमा १५ फेब्रुअरीका दिन मन्दिरमा स्थापित गरिनेछ । यही दिन सामूहिक विवाह समारोहसमेत आयोजना गरिएको छ।
मन्दिर नजिकै पान र चिया पसल चलाइरहेका शंकर पटेलका अनुसार ढुंगाबाट निर्मित प्रतिमा उडिशमा बनाइएको हो । यो प्रतिमा बनाउन एक लाख ७० हजार खर्च भएको छ।

सम्बन्धित शिर्षकहरु