असनेपालन्युज ,सिड्नी।
के नेपाल वाहिर रहेका विदेशि नेपालीहरूलाई दोहोरो नागरिकता दिनु उनिहरूलाई नेपालमा लगानी र प्रविधि भित्र्याउन प्रोत्साहन गर्नु हो ? वा नेपाल मै बस्ने नेपालीहरूको अधिकार विभाजन गर्नु हो ? उनिहरूलाई नेपाल निर्माणमा दीर्घकाल सम्म सरीक गराउनु हो वा नेपाल बाट झन टाढा गराउनु हो ? नेपालबाट पलायन हुन लागेका हरूलाई पुन: फर्काउने नीति हो वा खुला सिमाना भएको देशलाई विदेशिको चलखेल गर्न अझ मौका दिएर देशलाई झन कमजोर पार्नु हो ? वा पलायन हुन लागेका आफ्ना दक्ष जनशक्तिलाई पुन: कानुनी रुपमा उत्तरदायि बनाउनु हो ? दोहोरो नागरिकताको बिषयमा उठेका यस्तै सवालहरूलाई मथ्दै अस्ट्रेलियाको सिड्नीमा एक चर्को अन्तर्कृया सम्पन्न भयो । नागरिकताको निरन्तरता हुनु पर्छ र पटक्कै हुनु हुँदैन भन्ने दुई विपरित धारका विच कडा वहस भएको सो कार्यक्रममा बहुसंख्यक प्रस्तोताहरूले नेपाली पहिचानलाई निरन्तरता दिन , देशमा सीप ,प्रविधि र लगानी बढाउन र एक पटकाको नेपाली एक पटकको नेपाली सधैंंको नेपालीहो भन्ने भावनालाई निरन्तरता दिन केही निश्चित शर्त र प्रावाधान राखि दोहोरो नागरिकताको निरन्तरता हुनु पर्ने बताए। उता यसको विपक्षमा आ-फ्नो प्रस्तुति राख्दै देशको शान्ति सुरक्ष्या , आफ्नो कुन देश हो भन्ने जिम्वेवारीको अस्थिरता हुने लगायतका कारणले विदेशमा नागरिकता लिएका नेपालीलाई नेपाली नागरिकता दिन नहुने धारणा राखेका थिए ।
सो अवसरमा सिड्निमा विध्यावारीधि गर्दै गरेकि लक्ष्मी तमाङ्ग नागरिकताको निरन्तरता हुन नहुने , यसमा विविध जटिलताहरू रहेको कार्यपत्र प्रस्तुत गर्दै ‘विदेश आएका नेपालीले अर्को देशको नागरिकता लिएर आफ्नो देशको पनि नागरिकताको निरन्तरता खोज्नु , लाजमर्दो कुरा रहेको र दुवै हातमा लड्डु नहुने बताउनु भयो । यस्तै इन्जिनियर डा ज्ञानेन्द्र रेग्मीले संसारका धेरै देशले दोहोरो नागरिकता को परम्परा बसालेको तथ्यान्ङ्क प्रस्तुत गर्दै दोहोरो नागरिकता लाई नेपाल सरकारले समेत साकारात्मक रुपमा लिएको बखत विदेशमा बस्ने नेपालीइहरू बाटै विभिन्न स्वार्थ राखेर यसको विरोध गर्नु राम्रो पक्ष नरहेको बताउनु भयो । यस्तै भिक्टोरिया युनिभर्सिटिका अध्यापक तथा असनेपाल न्युजका सम्पादक भीमसेन सापकोटाले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक , उच्च पदमा बहाली तथा मतदान अधिकार बिषयमा निश्चित पावन्धि राखेर विश्वका विभिन्न देशले आफ्ना विदेशिएका नागरिकलाई दोहोरो नागरिकता दिँदा त्यसले नागरिक र राज्य दुबैलाई फाईदा पुर्याएको तथ्याक्ङ्क प्रस्तुत गर्दै विदेशमापुगे पनि नेपालीहरू नेपालीकै पहिचानमा रहन सक्ने , देश निर्माणका लागि औपचारिकरुपमै जिम्वेवारी तथा उत्तरदायित्वको निरन्तरता हुने लगायतका तथ्य प्रस्ट्याउनु भयो ।
यस्तै नेपाली आदिवासि जनजाति मन्च निन्फा का अध्यक्ष चित्र तुम्बाहाम्फे ले दोहोरो नागरिकता को माग जायज नभएको भन्दै एन आर एन ले आवश्यक विश्लेशणनै नगरि यो एजेण्डा ल्याएको र दोहोरो नागरिकता देशका लागि हानिकारक हुने तथ्य राख्नु भयो । यस्तै समुदायका प्रतिनिधि आङ छिरिङ्ग शेर्पाले आफ्ना सन्तती लाई विदेशजान वाध्य पार्ने र फर्केर आफ्नै घरको सेवा गर्छु भन्दा उल्टो अंश नदिने भन्नु सरासर गलत भए जस्तै दोहोरो नागरिकता सबै नेपालीको अधिकार भएको जोड दिनु भयो । विश्वमा यो कुनै नौलो बिषय नभएको र नेपालाई पनि यसले ठुलो लाभ दिने बताउनु भयो । यस्तै जन प्रगतिशिल मन्च को तर्फ बाट हिमालाल गैरे , कार्यक्रमका प्रमुख अतिथि डा नारायण प्रधान, नेपाली संघिय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङ , समुदायका प्रतिनिधि सन्तोष दाहाल , ‘सिन्धुल ‘ लगायतले नागरिकताको निरन्तरताको वारेमा बोल्दै देश , जनता र विदेशमा हुर्किने नयाँ पुस्ताका नेपालीहरूलाई मजबुत र जिम्वेवार बनाइराख्न स-शर्त दोहोरो नागरिकता हुनै पर्ने जोड दिनु भयो । केही सर्तमा बांधेर नेपाल सरकारले दोहोरो नागरिकता प्रदान गर्दा नेपाललाई फाईदै हुने राम सिप्तुङ्खाले कार्यक्रममा समिक्षा गर्नु भएको थियो । नेफेसो औस्ट्रलियका सचिब प्रताप खरेलले गर्नु भएको थियो सो कार्यक्रम नेपाली संघिय समाज अस्ट्रेलिया, सिड्नीबाट सन्चालन हुने पहिले नेपाली अनलाइन समाचार असनेपाल न्युज डट कम को र क्यान्टुवरि काउन्सिलको संयुक्त आयोजनामा सिड्निको रकडेल स्थित एभरेस्ट फङ्शन सेन्टरमा सम्पन्न भएको थियो । रात्रिभोज सहितको सो कार्यक्रममा केही वक्ताहरूले आक्रामक रुपमा प्रस्तुत गरेका शब्द दर्शकहरूले चासो र थप बहसको विषय बनेको थियो । कार्यक्रमको अन्त्यमा गायक बिकास उप्रेतिले आफ्नो गयात्मक प्रस्तुति समेत राखेका थिए ।
केही वक्ताहरूले प्रयोग गरेका शब्द हरू ‘ दोहोरो नागरिकता न
दिए थप्पड हान्नु पर्छ ‘,’सन् २००७ र २००८ तिर अस्ट्रेलियामा नेपालका सबै झार-पात लाई अस्ट्रेलियाले भिषा दिएको रहेछ ‘, हिजो सम्म नाम नसुनेको शेष घले आज पैसाको भरमै एकएक एन आर एन अध्यक्ष बन्ने , सम्पूर्ण प्रवासिको नाम बेच्ने ”यी… खालास दुबै हातमा लड्डु ‘ दर्शकहरूका लागि चासो र थप वहस को बिषय बनेको थियो । आवश्यक समयमा दोहोरो नगरिकता को बिषयलाई बहसमा ल्याएर यसको निचोड निकाल्न कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम सकारात्मक निचोडका साथ सकिएको नेफेस्सो का अध्यक्ष्य गणेश तमाङ असनेपालन्युज डट कमलाई बताउनुहुन्छ ।








