एनआरएनको मुख्यालयका लागि काठमाडौँ बालुवाटारमा ३ रोपनी जग्गा खरिद

NRN Buildngकाठमाडौँ- गैर आवाशीय नेपाली संघको काठमाडौँमा आफ्नै भवन बनाउने अभियान अब पुरा हुने भएको छ । एन आर एन ले काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय निर्माण गर्न ३ रोपनी जग्गा खरिद गरेको छ । एन आर एन अध्यक्ष शेष घलेसहितको टोलीले उक्त जग्गा खरिद गरेको हो।

२६.५ लाख प्रतिआनाका दरले उक्त जग्गाको मूल्य १२ करोड ७२ लाख परेको एक बिज्ञप्ति मार्फत एनआरएन ले जानकारी गराएको छ ।

जग्गा खरिद गरिसकेपछिको खुशी व्यक्त गर्दै अध्यक्ष घलेले भन्नु भयो-‘एनआरएन को लागि आफ्नै मुख्यालय काठमाडौँको महत्वपूर्ण ठाउमा हुन जरुरि थियो, त्यसमा हामी सफल भएका छौ । अब महिना दिन भित्र हामी भवनको शिल्यान्यास गर्ने छौ ।’

आफु अध्यक्ष पदमा निर्वाचित भए लगत्तै एनआरएनको काठमाडौँमा मुख्यालय बनाउने घोषणा गर्नुभएका घलेले गैर आवाशीय नेपाली बस्ने देशहरुमा पुगी त्यसका लागि रकम संकलनको अभियान नै संचालन गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु