सुटिङ गर्दा गर्दै लडेर चलचित्र निर्देशक राजु गिरी घाइते

शुभेच्छा थापाको लगानीमा निमार्ण हुन लागेको चलचित्र ‘मखमली’ सुटिङका क्रममा लडेर चलचित्र निर्देशक राजु गिरी घाइते हुनु भएको छ । सुटिङका क्रममा लडेर घाईते भएको नायिका शुभेच्छा थापाले जानकारी दिनु भयो । उहाको टाउँकोमा चोट लागेको चलचित्र निर्माण युनिटले जनाएको छ । चलचित्र मखमलीका लागि गायिका संगिता तिमल्सीना बास्तोलाले गाएको ‘म कर्मकी पुजारी’ बोलको गीत सुटिङका क्रममा निर्देशक गिरी लड्नु भएको थियो ।
हिमालमुनीको गाउँमा चलचित्र मखमलीको गीतको भिडियो खिच्ने क्रममा नायिकालाई सुट दिन सिकाउँदै गर्दा गिरी लडेर बेहोस हुनु भएको थियो । करिव १० मिनेट पछि होसमा आएका निर्देशक गिरीलाई सामान्य घरेलु उपचार पछि फेरी सुटिङकार्यमा फर्कनु भएको छ ।

निर्माता तथा नायिका शुभेच्छा थापाको चौथो चलचित्र ‘मखमली’ को सोमबारदेखी छांयाकन सुरु भएको थियो ।चलचित्रको निर्देशन राजु गिरीले गर्नु भएको हो भने नृत्य निर्देशन क्रान्ति केसी र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको रहेको छ । छायाँङ्कन मुकेश हुमागाईको रहेको छ ।

शुभेच्छा इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा चौथो प्रस्तुतीको रुपमा रहेको चलचित्र मखमलीको कलाकारमा शुभेच्छा थापा, अशोक फुँयाल, उत्तम केसी, राजेन्द्र केसी, पवन बस्नेत, जीवन गिरी, सीमा खड्का, डा. सिके सिंह र बाल कलाकार जेनिशा रिजाल रहेका छन् ।

सम्बन्धित शिर्षकहरु