रमेश अधिकारी- असनेपाल न्युज/
माघ ७ , काठमाडौं । नामिबियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 2 आयोजक नामिबियाले नेपाललाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । लगातार बलिंगमा राम्रो प्रदर्शन गरिरहेको नेपालका बलरले आज पनि उत्कृस्ट प्रदर्शन गर्दा घरेलु टोलीलाई १४२ रन मा अल आउट गर्न नेपाल सफल भएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ मात्र रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिए ।
केहीबेरमा नेपालले जवाफी ब्याटिंग गर्दै छ ।








