सबैको अधिकार सुनिश्चित हुने संविधान जारी गर्न नागरिक समाजका अगुवाको जोड

सडक बहसमा सहभागीहरु aus

माघ ४, काठमाडौँ- नागरिक समाजका अगुवाहरुले सबैको अधिकार सुनिश्चित हुने संविधान जारी गर्न राजनितिक दलहरुको ध्यानाकर्षण गरेका छन् । “माघ ८ मै नयाँ संविधान: नागरिक अभियान” ले आज काठमाण्डौमा आयोजना गरेको सडक बहसमा उनिहरुले यस्तो बिचार ब्यक्त गरेका हुन् ।

नयाँ बानेश्वर संविधान सभा नजिकै अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व सभामूख तथा नागरिक समाजका अगुवा दमनाथ ढुङ्गनाले नेताहरुको गैर जिम्मेवारपनले तोकेको समयमा संविधान आउने सम्भावना अत्यन्त कम भएको बताउनु भयो । हतारमा जस्तो पायो त्यस्तै संविधान नल्याउन चेताबनी दिदै ढुङ्गनाले १ बर्षमा संविधान ल्याउन नसकेकोमा जनतासंग दलहरुले माफी मागे केहि समय थप्न सकिने धारणा राख्नुभयो । दलित अधिकारकर्मी गणेश बिकेले आफैले गरेको बाचाअनुरुप १ बर्षमा संविधान दिन नसक्ने राजनितिक दलका नेताले समय थपेपनि संविधान ल्याउलान भनेर बिश्वास गर्ने आधार नभएको प्रष्ट पार्नुभयो । त्यस्तै मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले सबैलाई बिश्वासमा लिएर जारी गरेको संविधानले मात्रै स्थायित्व दिने भन्दै नयाँ संविधान मधेशीले पनि मेरो हो भन्ने स्थितिको सृजना हुनुपर्नेमा जोड दिनुभयो ।
संविधानका लागि भन्दा पनि माघ ८ पछाडी कस्ले कस्तो पद पाउने भन्नेमा कुरा अल्झेको र राजनितिक नेतृत्व संविधान निर्माणमा अझै गम्भिर नभएको नागरिक अगुवा पदम सुन्दाशले आरोप लगाउनु भयो ।
बिगत १ महिनादेखि जारी सडक बहसको आजको श्रृंखलामा युवा अधिकारकमीहरु कबिन्द्र बुर्लाकोटी, भावना भट्ट र नरेन अतिवडा तथा महिला अधिकारकर्मी श्रृजना पुन तथा दुर्गा घिमिरेले पनि आफ्ना भनाई राखेका थिए । यसवा अधिकारकर्मीहरुको जोड ४० लाख युवाको भविश्य नयाँ संविधान संग जोडिएको भन्दै देशलाई राजनितिक स्थिरता दिदै बिकासमा अग्रशर गराउनु पर्नेमा थियो भने महिला अधिकारकर्मीले माघ ८ मै महिलामैत्री संविधान आउनुपर्नेमा जोड दिएका थिए ।

आजको सडक बहसको समापन गर्दै अभियानकी संयोजक उषा बरुवालले नागरिक खबरदारी जारी रहने जानकारी गराउनुभयो ।

शान्तिका लागि शाझा अभियान (कोक्याप)को संयोजनमा १ दर्जन भन्दा बढि नागरिक संस्थाहरुको आयोजनामा सम्पन्न सडक वहस कार्यक्रमको स्वरुप परिवर्तन गरी आगामी दिनमा अन्य रचनात्मक दवाब कार्यक्रमहरु गर्ने आयोजकले जानकारी गराएको छ ।

 

सम्बन्धित शिर्षकहरु