ट्विटरमा सलमानका फलोवर्स १ करोड नाघे

माघ ३, दिल्ली- दुनियामा सलमान खानका फ्यान धेरै छन भन्ने त हामीलाई थाहा छ  ।  तर  संख्यामा कति छन भनेर भन्ने स्थिति चाही छैन  ।  बलिवूड़का यी चार्मिंग हिरोका फ्यानले उनलाई एउटा नया उचाइमा पुर्याएका छन्  । 

salman 2

सलमानको ट्विटरमा 1 करोड़ भन्दा ज्यादा फॉलोवर्स पुगेका छन्  । १ करोड भन्दा बढी फलोवोर्स बनाएका सलमान खान बलिवुडका पहिलो हिरो भने हैनन्  ।  उनि १ करोड भन्दा बढी फलोवर्स बनाउने बलिवुडका तेस्रो स्टार बनेका छन्  । सलमान भन्दा पहिला अमिताभ बच्चन र साहरुख खानका फलोवर्स १ करोड नाघिसकेका छन्  । 

सबैभन्दा रमाइलो कुरा त यो छ कि १ करोड भन्दा बढी फलोवार्स भएका सलमान आफु भने जम्मा १० जनालाई फलो गर्छन  ।  सलमानले सन् २०१० अप्रिलमा ट्विटर मा आफ्नो खाता खोलेका थिए । उनको ट्विटर हैंडल @beingsalmankhan हो । ट्विटरमा अत्यन्त सक्रिय सलमानले हालसम्म ४१ हजार ५ सय ट्विट गरिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु