नागरिक समाजले ग-यो सडक बहस र नमुना मतदान (फोटो फिचर)

माघ २, काठमाण्डौ– “माघ ८ मै नयाँ संविधान : नागरिक अभियान”ले शुक्रबार नयाँ बानेश्वरमा सभासदसंग सर्वसाधारणको सडक वहस र नमुना मतदान सम्पन्न गरेको छ । सडक बहसमा जनताको प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका युवा सभासद चन्द्र भण्डारी र नेकपा एमालेकी सभासद मधु गुरुङ उपस्थित थिए ।

नमुना-मतदानमा-मत-खसाल्दै-सर्वसाधारण
नमुना-मतदानमा-मत-खसाल्दै-सर्वसाधारण

कार्यक्रममा बोल्दै  नेपाली काग्रेसका सभासद भण्डारीले ४१३ युवा सभासदले माघ ८ मै संविधान आउनु पर्ने भन्दै सभामुखलाई हस्ताक्षर बुझाएको बताउदै माघ ८ मै पुर्ण संबिधान आउन नसके पनि संविधानको मस्यौदा आउनेमा ढुक्क हुन जनतालाई आग्रह गर्नु भयो । त्यस्तै नेकपा एमालेकी सभासद मधु गुरुङ्कले संविधान ल्याउने कुरामा कुनै सभासदको दुईमत नरहेको प्रस्ट पार्नु भयो । उहाँले माघ ८ मै प्रक्रियामा गएर भए पनि संविधानको खाका जारी गर्न सभासदहरुले नै दबाब अभियान सञ्चालन गरेको  उल्लेख गर्नु भयो ।

महिला अधिकारकर्मी डा. रेणु राज भण्डारीले माघ ८ मै संविधान ल्याउन आलटाल गरे अहिलेका राजनितिक  नेता अक्षम साबित हुने भन्दै आफैले तोकेको मितीमा संबिधान जारी गर्न नसके सबैले सभासद भइरहने नैतिक हैसियत गुमाउने बताउनु भयो । महिला अधिकारकर्मी सुनिता दनुवारले बेचविखनमा परेका महिला तथा बालबालिकाको अधिकार सुनिश्चित भएको संविधान ल्याउनुपर्नेमा जोड दिनुभयो । दलित अधिकारकर्मी भक्त विश्वकर्माल नेताहरुलाई माघ ८ मै संविधान ल्याउन जनतासामु आफ्ना्े बाचा पुरा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै महिला मानबअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी बिष्णुकला भण्डारीले हिंशामुक्त समाजका लागि महिलामैत्रि संविधान तोकिएकै मितिमा जारी हुनुपर्नेमा जोड दिनुभयो ।

सडक बहसका अथिति, बिचमा सभासद चन्द्र भण्डारी
सडक बहसका अथिति, बिचमा सभासद चन्द्र भण्डारी

सडक बहस चलिरहदाँ नमुना मतदान समेत गरिएको थियो । तन्नेरी युवाहरुले गराएको मतदानमा २ वटा मतपेटिका राखिएको थियो जसमध्य एकमा “माघ ८ मा संविधान नदिए पनि तपाँईनै मेरो नेता” र अर्कोमा “माघ ८ मा संविधान नदिए तपाई सबै मेरा लागि असक्षम” लखिएको थियो । कार्यक्रमको अन्त्यमा सभासदद्दयको अगाडि मतपरिणाम घोषणा गरिएका थियो । मतपरिणाम घोषणा गर्दै अभियन्ता रमेश अधिकारीले जम्मा २०४ मत खसेकोमा २०२ मत “माघ ८ मा संविधान नदिए तपाई सबै मेरा लागि असक्षम” भन्नेमा र २ मत “माघ ८ मा संविधान नदिए पनि तपाँईनै मेरो नेता” भन्ने पक्षमा खसेको जानकारी गराएका थिए ।

शान्तिका लागि साझा अभियान (कोक्याप)ले संयोजन गरिरहेको अभियानको आजको कार्यक्रममा महिला मानबअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका कलाकारले बिविध साँस्कृतिक प्रस्तुती समेत राखेका थिए । अभियानका कार्यक्रम निरन्तर जारी रहने कोक्यापकी अध्यक्ष उषा बरुवालले जानकारी गराउनु भयो ।

नमुना मतदानमा मत खसाल्दै सर्वसाधारण
नमुना मतदानमा मत खसाल्दै सर्वसाधारण

 

 

 

 

 

 

 

 

नमुना मतदानको मत गन्दै तन्नेरी युवाहरु
नमुना मतदानको मत गन्दै तन्नेरी युवाहरु
सडक बहसमा सहभागी
सडक बहसमा सहभागी

 

 

 

 

 

 

 

 

सडक बहसमा सहभागीहरु
सडक बहसमा सहभागीहरु

 

नमुना मतदानमा मत खसाल्दै सर्वसाधारण १
नमुना मतदानमा मत खसाल्दै सर्वसाधारण

फोटोहरु सौजन्य: दीपक शर्मा/ कोक्याप

 

 

सम्बन्धित शिर्षकहरु