पहिचान विना जनजातिले मुक्त्त पाउदैनन : अध्यक्ष राई

ashok-raiफागुन २८ ।दमक,सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जातीय पहिचानसहितको सङ्घीयता निर्माण भएमा मात्र याहाँका आदिवासी जनजाति तथा उत्पीडित समुदायले मुक्ति पाउने बताउनु भएको छ ।

पहिचान यात्रा नाम लिएर पूर्वको काँकडभिट्टाबाट बुधबारदेखि सुरु गरिएको अभियानका बारे आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दमकमा आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाले आफ्नो जनमत बढाउन सङ्घीयताको पक्षमा वकालत गर्दै हिडेका काँग्रेस र एमालेले अहिले आएर जनतालाई धोका दिएको आरोप लगाउनु भयो । अध्यक्ष राईले पहिचानसहितको सङ्घीयता नबनेसम्म यहाँका आदिवासी जनजाति तथा उत्पीडित समुदायले मुक्ति पाउन नसक्ने ठोकुवा गर्नुभयो ।
आन्दोलन परिचालन समितिका संयोजक तथा नेवादय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले सीमान्तकृत, अतिसीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिको एक जाति एक प्रतिनिधित्व सुनिश्चितताका लागि एक हुन सन्देश दिँदै यात्रा अगाडि बढाइएको बताउनुभयो । सङ्घीय लिम्बुवान राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र माखिमले पहिचान पक्ष र विपक्षको द्वन्द्वबाट संविधान आउन नसकेको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु