
असनेपालन्युज ,सिड्नी।
आदिवासि जनजातिहरूको मुद्दा जनजातिहरूको मात्र नभै सम्पूर्ण मानव समुदायको सरोकारको बिषय रहेकाले यसलाई सामुहिक मुद्दाको रुपमा अघि बढाउन विभिन्न ब्यक्तिहरूले आग्रह गरेका छन्। नेपाली आदिवासि जनजाति मन्च (निन्फा ) अस्ट्रेलियाको आठौं अधिवेशन घोषणा का क्रममा सिड्निको ईशाबुरि स्थित सिनियर सिटिजन हलमा आयोजित कार्यक्रमका वक्ता हरूले सो धारणा राखेका हुन्। सो अवसरमा वक्ताहरूले जनजाति हरूको मुद्दा सबै जातजातिको समस्या रहेको र यसलाई कुनै एक वर्ग र समुहको समस्या भन्दा पनि साझा सवाल हो भनेर अघि बढ्नु पर्ने बताइयो । चित्र तुम्बाहाम्फेको अध्यक्ष्यतामा गठित निन्फाको नयाँ कार्य समितीलाई स्वागत गरिनुका साथै सो अवसरमा वक्ताहरूले आ-आफ्नो तर्फ बाट शुभकामना दिएका थिए ।
निन्फाका निवर्तमान अध्यक्ष्य गणेश तमाङ्गको सभापतित्वमा सम्पन्न सो अवसरमा निन्फाका अध्यक्ष्य तुम्बाहाम्फे,उपाध्यक्ष्य अरुण तमाङ , गैर आवसिय नेपाली संघ (एन आर एन ) अस्ट्रेलियाका अध्यक्ष्य महेन्द्र ओलि, समुदायका प्रतिनिधिहरू भवानि वोलि , अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)विश्व परिषदका उपाध्यक्ष्य तथा पत्रकार भीमसेन सापकोटा , नेप्लिज अशोशिएशन अफ अस्ट्रेलिया (एन ए ए ) का अध्यक्ष्य उमेश पन्त , तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सुरेन्द्र सिग्देल ,निमा शेर्पा ,चतुर्भुज खरेल , संचारकर्मि ॠषि आचार्य , महेन्द्र लम्साल लगायतले नयाँं सम्विधानमा जनजातिहरूको हक अधिकार सुरक्षित हुनुपर्ने र यसमा सबै वर्ग र पक्षको सहयोग अपरिहार्य हुने बताउनुभयो ।
लील गुरुङले सन्चालन गर्नुभएको सो कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्य समितिलाई स्वागत तथा कार्यभार हस्तान्तरण गरेको थियो । विगत सात वर्ष भन्दा बढी देखि सन्चालनमा रहेको सो संस्थाले आदीवासि हक हित का सवालमा विभिन्न कृयाकलाप अगाडि सार्दै आएको छ।

निन्फाका नयाँ कार्य समितिका पदाधिकारीहरू यस प्रकार छन्।












