पुस ५ । काठमाडौ,एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ्, बीफार्मेसी, बीएमएलटी, बीपीएच, बीएससी फरेष्ट्री लगायतका विषयका छात्रवृत्तिको नतिजा प्रकाशित भएको छ ।
गत शनिवार भएको उक्त लिखित परीक्षामा ५० अंकभन्दा बढी प्राप्तगर्ने उम्मेदवारको प्राप्ताङ्कमा शैक्षिक योग्यता वापतको अङ्क जोड गर्दा हुनआएको प्राप्ताङ्क (कूल पूर्णाङ्क १०५ अङ्कमा) का आधारमा उत्तीर्ण भएको शिक्षा मन्त्रालयको परीक्षा शाखाले जनाएको छ ।
शनिबार प्रकाशित नतिजा अनुसार सामुदायिक विद्यालयबाट मधेसी तर्फ एक सय १६ जना उर्तीण भएका छन्, भने मधेसी दलिततर्फ १५ जना उर्त्तीण भएका छन् ।
यस्तै, मुस्लिम तर्फबाट २४ जना, सहीद परिवारबाट दुई जना, महिलातर्फ ५० जना, र दलित महिलातर्फ पाँचजना उर्त्तीण भएका छन् भने मुस्लिम महिलाबाट एक जनामात्रै उर्त्तीण भएका छन् ।
यसैगरी, जनजाति कोटाबाट ३९ जना, दलितबाट २४ जना र दुर्गम क्षेत्रबाट १८ जनाउर्त्तीण भएका छन् ।
साथै छात्रवृत्ति छनौट परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीले भने पुस ९ गते भित्र पुनर्योगका लागि आवेदनदिन सकिने छात्रवृत्ति शाखाले जनाएको छ ।
मोटो रकम भ्रष्टाचार गरी परीक्षाहुनु अघि नै प्रश्नपत्र बाहिरिएर छात्रवृत्तिको लागि गरिएको परिक्षा विवादित बनेको थियो ।








