असार १५ । काठमाडौ, भारतीय विदेशमन्त्री सुश्मा स्वराज साउनको पहिलो हप्त्तामा नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
नेपालको निमन्त्रण अनुसार भारतीय बिदेश मन्त्रालयले उहाँको भ्रमणतय गरेको हो स्वराजले साउनको ६ र ७ गते नेपाल भ्रमण गर्नुहुने बताईएको छ ।
भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्नु भन्दा पहिले उहाँले नेपाल भ्रमण गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री मोदी भने साउनको तेस्रो साता नेपालको भ्रमणगर्ने कार्यक्रम तय भईसकेको छ ।
मोदी सरकार गठन भएपछि भारतीय विदेश मन्त्रीको नेपाल तेस्रो भम्रण हो । यसअघि उहांले यसअघि बंगलादेश र भुटान भ्रमण गर्नु सक्नु भएको छ ।








