कुलो कन्न गएका ५ जनाको पुरिएर मृत्यु

चैत २५ ।सुर्खेत,जिल्लाको पश्चिममा पर्ने घाटगाउँमा सिँचाई कुलो निमार्ण गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको ज्यान गएको छ ।पहिरोले पुरिदा मंगलबार दिउसो पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। घाटगाउँ–७ का ५८ वर्षीय मानबहादुर शाही, तातापानी –६ का ४१ वर्षीय कृष्ण विक, सोही ठाउँका ४५ वर्षीय मनबहादुर नेपाली, ५५ वर्षीय प्रसादे विक र २५ वर्षीय महेश विकको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुसँगै काम गर्ने तातापानीका चक्रबहादुर टमटा र घाटगाउँका पदम नेपालीले भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
बावियाचौर–१ तिखाकुनादेखि घाटगाउँसम्म १५ किलोमिटर कुलो निर्माणको क्रममा मंगलवार पहिरो गएको थियो ।

सम्बन्धित शिर्षकहरु