असनेपाल्न्युज ,सिड्नि।
सिड्नीमा भएको आतंक वादी चलखेलका बारेमा अस्ट्रेलियाबाट अमेरिकि रास्ट्रपति ओबामालाई आकस्मिक जानकारी गराइएको छ।
अस्ट्रेलियाको प्रधानमन्त्री टोनि एबट को पहलमा यस घटना बारे ल्याण्ड लाइनमा प्रत्यक्ष छ्लफल भएको संचार माध्यमलाई भर्खरै जानकारी दि इएको हो । यस बारेमा केहि बेर अघि मात्र च्यानल नाइन टेलिभिजनले समाचार प्रसारण गरेको छ।यसैबीच भर्खरै प्रधानमन्त्री एबट ले एक बक्तब्य दिँदै आतंक वादीसँग कुनै ठुलो शक्ति नभाएर जनतालाई त्रास जागाउने रणनिती मात्र भएकाले यस्तो डरमा नपर्न र सुरक्षाकर्मीलाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्।
अझै संख्या थाहा नपाएका मानिसहरू क्याफे भित्र कब्जामा रहेका छन्न्। अष्ट्रेलियाको सिड्नी सिटीस्थित केन्द्र विन्दु मार्टिनप्लेस को एक क्याफे मा केही व्यक्तिहरुलाई बन्धक बनाइएको र वाहिर अरविक अक्षरमा झन्डा राखिएको खवर आज बिहान ९।४५ बजे वाहिर आए लगत्तै प्रहरीले आतंकवादी को चलखेल भन्दै सो स्थल वरीपरी सुरक्षा घेरा बनाएको छ। कति जनालाई बन्धक बनाइएको छ भन्ने यकिन नभए पनि यो संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । यतिबेला प्रहरीले चारैतर्फबाट घेरेर अपरेशन अघि बढाएका छन् । घटनास्थललाई नियन्त्रणमा लिएको र बन्धक बनाउने र बनाइएकाहरुसँग सम्पर्कको प्रयास भइरहेको र सर्वसाधारण लाई नडराउन एनएसडब्लु प्रहरीले अनुरोध गरेको छ ।
हन्टर स्ट्रीट, जर्ज स्ट्रीट, एलिजावेथ स्ट्रीट, मक्वाईरी स्ट्रीटमा रहेका व्यक्तिहरुलाई घरभित्रै रहन र झ्याल खोलेर बाहिर नहेर्न भनिएको छ ।
बिहानै मार्टिन प्लेसको स्थित आफ्नो इन्सुरेन्स कार्यलयमा पुगेका सुजन श्रेष्ठ असनेपालन्युजलाई भन्छन् ‘ म काम गर्ने विल्डिङ का सबै कर्मचारी अन्योलमा काम गरी रहेका छौ ‘। काममा त्यस बाहेकका स्थानका व्यक्तिहरु आउन र जान स्वतन्त्र रहनेछन् । साथै, प्रहरीले मिडियालाई पनि घटनाबारे तथ्य र सही सूचना मात्रै दिन र अनावश्यक सूचना नदिन भनेको छ । एउटा अरविक अक्षरमा लेखिएको झण्डा पनि बन्धक बनाइएको ठाउँमा देखिएका कारण यसलाई गम्भीरतापूर्वक लिइएको छ ।अल्लाहबाहेक अरु कुनै भगवान ठुलो छैन् भन्ने कुरा सो झन्डामा उल्लेख छ। सो घटना स्थल वाहेक सबै क्षेत्रको स्थिति भने सामान्य रहेको छ।










