सुर्खेत बस दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु,४० घाइते

मंसिर २२ ।सुर्खेत,कालिकोटको जितेगाडाबाट कैलालीको टीकापुरका लागि हिडेको ना ४ ख ६८५५ नम्बरको बस सुर्खेतको पोखरीकाँडा गाविसमा भएको बस दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

मध्यपश्चिम यातायात समितिको बस पोखरीकाडामा भिरबाट कम्तिमा ५ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अाइतबार साँझ ७ बजेतिर बस खसेको सुर्खेत प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु मध्ये ३ जनाको मात्रै सनाखत भएको छ ।

मृत्यु हुनेमा छिन्चु ७ का बस चालक वर्ष २४ का मिनबहादुर बुढा, बाजुरा गोत्री– १ का ४५ वर्षीय पंखे सार्की र सोही स्थानका मनराज विष्ट रहेका छन ।
घाइते हुनेहरुमा बाजुरा र कालीकोटका धेरै छन । उनीहरुको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धानमा साँघुरो मोड लोड धेरै र तिब्र गतिका कारण बस दुर्घटना भएको हो । प्रहरीको अनुसार बसको क्षमता ३४ जना भएपनि सवार यात्रु भने ६४ जना थिए ।

 

सम्बन्धित शिर्षकहरु