मोरङको राजघाटमा आगलागी

मंसिर २० । मोरङ, मोरङको राजघाट-७ भोटेपुलमा आगलागी हुँदा ५० हजार बराबरको पराल जलेर नष्ट भएको छ ।

शुक्रबार साँझ ८ बजे स्थानीय मैया श्रेष्ठको धानको परालमा आगलागी हुँदा दुई विगाहा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ ।

स्थानीयवासी प्रहरी र दमकको बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पुर्ण रुपमा नष्ट भएको छ ।

आगो नियन्त्रण गर्न ४ घण्टा समय लागेको थियो । चुरोटको ठूटाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु