काठमाडौं । नेपाल राष्ट्र बैंकले बडा दशैं २०७५ को लागि आगामी २१ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । दशैंका लागि प्रतिव्यक्ति २७ हजारका दरले यो वर्ष १३ अर्ब बराबर नयाँ नोट बितरण गरिने तयारी थालेको जनाईएको छ ।
सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिन् सक्नेछन् । सर्वसाधारणको लागि सटही गर्न आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।
नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको जनाईएको छ ।








