करोडौ हिनामिना गर्ने हिमालयन बैंकका पूर्व सहायक प्रवन्धक सुवाल पक्राउ

मंसिर १५ । काठमाडौं,लाखौंको अनियमितता गरेको अभियोगमा हिमालयन बैंकका तत्कालीन सहायक प्रवन्धक अनिसभक्त सुवाल डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ३४ बानेश्वर घर भएका सुवालले ५ करोड ७५ लाख हिनामिना गरेर फरार रहनु भएको थियो ।
उहालाई बाँके खास कारकाँदो गाविस ५ एयरपोर्ट सडक एरियाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर अपराध महाशाखा हनुमानढोकाले जनाएको छ ।

बैंकको कार्ड सेन्टरमा काम गर्ने सुवालले अनियमित तरिकाले क्रेडिट कार्ड र डेविट कार्ड बनाई पटक-पटक बैंकबाट ५ करोड ७५ लाख ४८ हजार २५० रुपैयाँ झिकेको प्रमाण भेटिएको थियो ।

सन् २००४ डिसेम्वर १६ देखि सन् २०१२ सम्म सुवालले हिमालयन बैंकका काम गर्नु भएको थियो ।

प्रहरीका अनुसार सुवालले आफ्नो र श्रीमतीको एटीएम कार्डबाट पैसा निकाल्ने र त्यसको तथ्यांक मेट्ने गरेको थियो ।
यसरी निकालेको पैसा क्यासिनामा जुवा खेलेर सकेको प्रहरीले बताएको छ ।

बैंकले लामो समयसम्म पनि सुवालले यसरी पैसा झिकेको थाहा पाउन नसकेपछि तर, एटीएम मेसिनको हिसाव मिलानमा समस्या भएपछि बैंकले प्रहरीमा उजुरी गरेको थियो ।

सम्बन्धित शिर्षकहरु