चितवन । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताएका छन् ।
महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको विरोध आएको बताउँदै संविधान संशोधनसँगै कार्यान्वयनका लागि राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयनपछि मात्र राष्ट्र संमृद्धि तर्फ लाग्ने बताउँदै उgले कार्यान्वयनका विषयमा देखिएका चुनौती समाधानका लागि दलहरु नलागेका कारण नै मुलुकमा बाह्य हस्तक्षेप बढ्न थालेको भने।
संयोजक भट्टराईले दलहरु एक भए बाह्य शक्तिको केही नलाग्ने बताउँदै संविधान जारी गर्दा देखिएको एकता अहिले पनि आवश्यक रहेको छ भने ।
एक फरक प्रशङ्गमा उgले आफूहरुले निर्माण गरेको माओवादी पार्टीको मार्गचित्र गणतान्त्रिक नेपाल र संविधान जारी गर्नेसम्म मात्र रहेको भन्दै अब देशको विकासका लागि नयाँ सोच र नयाँ शक्तिको आवश्यकता रहेको बताए।
भोलिसम्म चल्ने सो भेलामा देश भरिका ५०० जना महिलाको सहभागिता रहने आयोजकले जनाएको छ । भेलाले महिलाशक्ति नेपालको भावी कार्यदिशा तय गर्ने संयोजक कल्पना धमालले जानकारी दिए ।








