गोरखा समाज अष्ट्रेलिया गठन

सिड्नी,अष्ट्रेलियाको बिभिन्न शहरमा बसोबास गर्दै आएका गोरखाली नेपालीहरूले गोरखा समाज अष्ट्रेलिया गठन गरेका छन् ।

नेपाल भित्रपनि आ-आफ्नो जन्मभूमीको पहिचान गराउदै ती ब्यक्तिहरुलाई एउटै छातामुनि समेटेर बिभिन्न सामाजिक कार्यहरु गर्ने अभिप्रायले गोरखा समाज अष्ट्रेलियाको तदर्थ समिति गठन गरिएको समितिको संयोजक प्रकाश बस्ताकोटीले बताउनु भयो ।

सिड्नीको एसफिल्ड पार्कमा सम्पन्न भेलाले गरेको गोरखा समाज अष्ट्रेलिया तर्दथ समितिको संयोजकमा बस्ताकोटी रहनु भएको छ भने कार्य समिति सदस्यहरुमा शिब बन्जारा, सन्जित श्रेष्ठ, ईश्वर दाहाल तथा ध्रुव पोखरेल रहनु भएको छ ।

यसैगरी, अन्य सदस्यहरुमा आनन्द श्रेष्ठ, कृष्ण भट्टराई, जयबाबु श्रेष्ठ, अमर श्रेष्ठ, सुरेन्द्र दवाडी, राजु पोखरेल, निरज जोशी, अनिल पाण्डे तथा आशिष श्रेष्ठ रहेका छन् ।

समाजले छिट्टै बृहत कार्ययोजना तय गर्ने योजना बनाइको संयोजक प्रकाश बस्ताकोटीले बताउनु भयो ।

समाजले दीर्घकालीन कार्यक्रमहरुको छलफल तथा घोषणा गर्ने उद्देश्यले आगामी डिसेम्बर ६ गते शनिबारका दिन बेलुका ५ बजे एसफिल्ड पार्कमा पुनः अर्को भेला आयोजना गर्ने भएको छ ।

सेवा मुलक उद्वेश्यका साथ प्राकृतिक आपत विपतमा परेकालाई सक्दो सहयोग र सेवामुलक सामाजिक कार्यमा तदारूक्तासाथ अगाडी वढ्ने हेतुले गठित गोरखा समाज अष्ट्रेलियालाई आ–आफ्नो स्थानवाट सुझाव र सहयोगको अपिल गरिएको छ ।

सम्बन्धित शिर्षकहरु