मंसिर १२ । काठमाडौ, १८औं सार्क शिखर सम्मेलनमा सहभागि हुन काठमाडौ आएका राष्ट्र तथा सरकार प्रमुखहरु स्वदेश फर्कने क्रम जारी रहेको छ ।
पाँच जना गएराती नै फर्किएका छन् भने बाँकी दुई जना आज फर्किने तयारीमा छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, गएराती नै स्वदेश फर्किनु भएको छ ।
त्यस्तै श्रीलंकाका राष्ट्रपति महेन्दा राजापक्ष, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन पनि राती नै स्वदेश फर्किनु भएको छ । उहाँहरुलाई विषेश सम्मान सहित विदाई गरिएको थियो ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे र बगलादेशकी प्रधानमन्त्री शेख हसिना आज नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ ।
सार्क शिखर सम्मेलनले ३६ बुँदे घोषणापत्र जारी गरेको छ । उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ ।








