प्रधानमन्त्री कोइराला र अमेरिकी सहायक विदेशमन्त्री विश्वालबीच भेट

मङ्सिर ९ ।काठमाडौँ,प्रधानमन्त्री सुशील कोइराला र दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री निसा देशी विश्वालबीच आज भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा दुइबीच दिउस भएको भेटवार्तामा आपसी हित, दुई पक्षीय सहयोग तथा संविधान निर्माण र शान्ति प्रक्रियाबारे छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

 

भेटका क्रममा अमेरिकी सहायक विदेशमन्त्रीले काठमाडौँमा हुन गइरहेको अठारौँ सार्क सम्मेलनबाट सदस्य राष्ट्रहरुले अधिकतम लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

 

अठारौँ सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा भाग लिन नेपाल आउनुभएका अमेरिकी सहायक विदेशमन्त्रीले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियाबारे पनि चासो राख्नुभएको थियो ।

 

जवाफमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माण र शान्ति प्रक्रियाको महत्वपूर्ण चरणमा रहेको र यसलाई सार्थक तुल्याउन सबै दल प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री अठारौँ सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा भाग लिन नेपाल आउनुभएको हो ।

 

 

 

 

सम्बन्धित शिर्षकहरु