फेरि संघीयतामै कुरो अड्क्यो

जेठ २०।  काठमाडौँ, असार मसान्तभित्र फास्ट ट्रयाकबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका प्रमुख चार राजनीतिक शक्ति फेरि पनि संघीयताकै विवादमा अल्झेका छन् ।

राष्ट्रिय विपतका बेला संविधान जारी गरी पुननिर्माण निम्ति जुट्नुपर्नेमा प्रमुख राजनीतिक दलहरुले संघीय राज्यको नाम, सीमा र संख्यासम्बन्धी किचलो ब्युँताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार शीर्ष नेताहरुको वार्ता निर्णायक हुने भनिएपनि संघीयताकै विवादले कुनै निर्णय आएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु