खेतमा काम गर्न हिडेकी महिलामाथि बलात्कार

मंसिर ८ ।रौतहट, रौतहटको बैरिया -५ का २७ वर्षीय शेख मोविनले एक महिलालाई बलात्कार गरेका छन ।

लालबकैया नदीको बाँध छेउमा शेख मोविनले लछारपछार गरी मुखमा कपडा बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

खेतमा काम गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई बयान दिनु भएको छ ।

पीडितका श्रीमान भारतको सितामढी जिल्लाको बैरगनियास्थित मदर्शामा धार्मिक गुरुको रुपमा कार्यरत हुनुहुन्छ ।

सुरुमा गाउँका केही टाठाबाठाहरुले मुद्दालाई गाउँमै सामसुम पार्ने प्रयास गरेका थिए। घटनापछि पीडित महिलाले श्रीमानलाई टेलिफोन गरी सबै कुरा बताएकी थिइन्। आइतबार घर पर्केका पीडित महिलाका श्रीमानले दोषीलाई कडा कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना ढिलोगरी सार्वजनिक भएको हो।

सम्बन्धित शिर्षकहरु