आजबिहान ५.५ रेक्टर स्केलको भूकम्पको धक्का

जेठ १ ।काठमाडौँ,आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गत मङ्गलबार दोलखालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएपछि आजको सबैभन्दा ठूलो पराकम्पन भएको जानकारी दिनु भयो । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर ५.० रिक्टर स्केलको पराकम्पन गएको थियो ।

सम्बन्धित शिर्षकहरु