मंसिर ७ । कोलम्बो,लगातार पानी परेको कारण नेपाल र हङकङको एकदिवसीय क्रिकेट रद्द भएको छ ।
दाम्बुलामा लगातार बर्षा भएपछि दुबै टीम कोलम्बो आएका थिए र आइतबार आर्मी पानागेडा मैदानमा एकदिवसीय खेल्ने तय भएको थियो ।
तर, मैदानको आउट फिल्ड खेलका लागि योग्य नभएपछि नेपाल र हङकङले खेल्न अस्वीकार गरेका छन् ।
खासगरी एकदिवसीय मान्यता प्राप्त हङकङले यस्तो मैदानमा नखेल्ने बताएको बुझिएको छ ।
अब सोमबार टी २० इन्टरनेशनल हुनेछ ।








