मोदीको जनकपुर भ्रमण रद्द

मोदीमङ्सिर ४, काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमण गर्ने भनि सरकारले जोद्तोड़का साथ तयारी गरिरहेको बेला मोदीको जनकपुर भ्रमण एकाएक रद्द भएको छ । यसघि जानकी मन्दिरको दर्शनार्थ मोदी जनकपुरधाम हुदै सार्क सिखर सम्मेलनमा भाग लिन काठमाडौँ आउने कार्यक्रम तय भएको थियो ।

बिहीबार अपराह्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले यो कार्यक्रम रद्द गरेको सूचना बाहिर ल्याएको थियो । उक्त सूचनालाई सरकारको तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारी पाउनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पुष्टि गर्नुभएको छ ।

निधिले मोदीको भ्रमण रद्द भएको बिषयमा एक बिज्ञप्ति समेत जारि गरि त्यसको दोष एमाओबादीले नेतृत्व गरेको २२ दलीय मोर्चामाथि थोपर्नुभएको छ । पढ्नुस निधिले जारि गर्नुभएको विज्ञप्तिको पूर्ण पाठ :

Press_Reaese_ nIDHI

सम्बन्धित शिर्षकहरु