राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई मासिक २५ हजार

byakul_mailaमङ्सिर ४, काठमाडौँ- आर्थिक संकटबाट गुज्रिरहनुभएका नेपाली राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’लाई नेपाल सरकारले मासिक २५ हजारका दरले भत्ता प्रदान गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले माइलालाई जीवन यापनका लागि राज्यको तर्फबाट सम्मान स्वरुप सो रकम उपलब्ध गराउन लागेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बैठक पछी पत्रकारलाई जानकारी गराउनु भयो।

केहि समय अघाडी नेपाली राष्ट्रिय गान “सयौं फूलका थुंगा हामी..” का रचईता माइला साथीभाई संग सापटी मागेर जीवन धान्दै गरेको समाचार प्रकाशित भएको थियो।

सम्बन्धित शिर्षकहरु