शैक्षिक परामर्शदाताको दायित्व विद्यार्थी ल्याउने र कमिसन खाने मात्र होइन ,त्यस भन्दा बढी उनिहरुको भविष्य र अध्ययनका क्रममा आउने बाधा अडचन फुकाउने महत्वपुर्ण कार्य पनि हो । यसो भन्दै गर्दा गुलमोहर इन्टरनेशनल ग्रुपका निर्देशक सुरज श्रेष्ठ निकै भावुक देखिन्थे । उनले परामर्शदाताहरुले आफ्नो दायरालाई फराकिलो बनाउनुपर्ने बेला आएको बताए । “हामीले यो सम्मानित पेसालाई थप इमानदारीता र उदारताका साथ अगाडि बढाउनुपर्ने बेला आएको छ,” उनले भने ।
यतिखेर वैदेशिक शिक्षाका लागि आवश्यक परामर्श र प्रकृयाका लागि नेपालमा मत्र होइन सम्वन्धित मुलुकका पनि सयौँ परामर्शदाताकेन्द्रहरु सञ्चालित छन । त्यसमा पनि थुप्रै प्रवासी नेपालीहरुले यसलाई व्यवसाय बनाउँदै आएका छन । सीड्नीमा रहेको गुलमोहर एजुकेशन एन्ड माइग्रेशन पनि यहाको विश्वसनीय केन्द्रका रुपमा चिनिन्छ । गुलमोहरले हालै सीड्नीमा विद्यार्थीहको पढाइ र माइग्रेशनको विषयमा एक दिने निशुल्क परामर्श कार्यक्रम सञ्चालन गरेको छ । एशियाका थुप्रै देशबाट विद्यार्थी सहभागि भएको सो परामर्श कार्यक्रममा उनीहरुको पढाइ, रोजाइ अनि संभावना र स्थायीत्वको प्रकृयाका बिषयमा ब्यापक छलफल भएको थियो । कार्यक्रममा गुलमोहरका निर्देशक सुरज श्रेष्ठले कतिपय प्रावधानका बारेमा विद्यार्थीहरु जानकार नहुँंदा कतिपय सुविधा र सहुलियतवाट बन्चित हुनु परेको कारण गुलमोहरले एक दिने परामर्ह कार्यक्रम सन्चालन गरेको बताए ।
कार्यक्रममा भ्रमण भिषामा आएका ब्यक्तीले समेत अध्यनको मौका पाउने जस्ता बिषय र पीआर र टीआरका बिषयमा ब्यापक चासो ब्यक्त गरिएको थियो । कार्यक्रममा गुलमोहरले आफुलाई अलिक फराकिलो बनाउदै शैक्षिक परामर्शसँंगै मोर्गेज र ट्राभल समेत सन्चालन ल्याएको यसका निर्देशक सुरज श्रेष्ठले बताए ।








