बैंकको ऋण तिर्न नसक्दा नायिका केकी अधिकारीको घर लिलामीमा

keki adhikariमङ्सिर २, काठमाडौँ- रिल लाइफमा कहिले गरिब त कहिले धनि केटीको भूमिकामा देखिने नायिका केकी अधिकारीको रियल लाइफ भने यतिबेला अार्थिक संकटमा फसको छ ।

केकिको परिवारले बैंकबाट लिएको ऋण तिर्न नसक्दा उनीहरुको घर लिलाम गर्ने चेतावनी सहितको सूचना बैंकले निकालेको छ । सिभिल बैंकबाट केकिका बुबा तथा चलचित्र निर्देशक बद्रि अधिकारीले लिएको ऋण चुक्ता गर्न नसकेकोले बैंकले लिलामीको सूचना निकालेको हो ।

आज एक राष्ट्रिय दैनिकमा बैंकले केकीका बुबा र आमाको नाममा तस्बिरसहित सूचना प्रकाशित गर्दै ऋण चुक्ता गर्न ३५ दिने म्याद दिएको छ ।

केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाण्डौ जिल्ला जोरपाटी गाविस वडा नम्बर ६ सिट नम्बर १०२/ १०३० कित्ता नम्बर १९३ को २२२ /५३ बर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सोही जग्गामा बनेको घर धितो राखी बैंकबाट अधिकारी परिवारले ऋण लिएको थियो । ऋण लिने क्रममा नायिका केकी अधिकारी जमानत बस्नु भएको थियो ।

बैंकले आफूहरुलाई जानकारी नै नदिई सूचना निकालेकोमा नायिका अधिकारीले आपत्ति जनाउनु भएको छ । आफूहरुले ऋण तिर्न प्रयास गरिरहेको अबस्थाम्मा बैंकले लिलामीको सूचना निकालेको उहाको गुनासो थियो ।

सम्बन्धित शिर्षकहरु