मङ्सिर २, काठमाडौँ- प्रहरीमा भर्ति हुन शारीरिक रुपमा तन्दुरुस्त हुनु पर्छ- यो त सामान्य कुरा भयो । तर यो विश्वमा त्यस्ता देश पनि छन् जहाँ प्रहरीमा भर्ति हुन आफ्नो कुमारीत्व (भर्जिनिटि) जाँच गर्नु पर्ने हुन्छ । संसारको सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको इण्डोनेसियामा महिला प्रहरीमा भर्ति हुन अविवाहित र भर्जिन( कुमारी) हुनुपर्ने ब्यवस्था छ ।
यो कुरा बाहिर आएपछि इन्डोनेशियन प्रहरीले कुमारी हुनै पर्ने र कुमारीत्व जांच पास गर्नुपर्ने प्राबधान खारेज गरेको बताएको थियो तर भर्ति भएका महिला प्रहरीले अहिले पनि त्यस्तो जांच हुने गरेको बताएपछी यो प्राबधान फेरी समाचारमा छाएको छ ।
अन्तरास्ट्रिय मानवअधिकारवादी संस्था ह्युमेन राइट वाच इन्डोनेशियाका अनुशार महिला प्रहरीलाई अपरिचित सामु नांगै बनाएर भर्जिनिटि जाचिने गरेको बताएको छ । उक्त संस्थाले इण्डोनेसियाको प्रहरीमा भर्ति हुँदा महिलाको भर्जिनिटी जाँच्ने कुराको विरोध गरेको छ।
अलजजिरा अनलाइनले ह्यमेन राइट वाचकी इण्डोनेसिया प्रमुखलाइ उदृत गर्दै भनेको छ- भर्जिनिटी जाँच्ने व्यवस्थाले महिलालाई विभेद गरेको र अपमान गरेको छ ।
इण्डोनेसिया प्रहरीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन।








