आगलागीबाट १५ लाख बराबरको क्षति

मंसिर २ । दोलखा, दोलखाको सुनखानी गाविस–५ सित्कामा पोल्ट्री फार्ममा आगलगी हुदाँ १५ लाख रुपैँया बराबरको धनमालको क्षति भएको छ ।
स्थानीयबासी राजेन्द्र बुढाथोकीको पोल्ट्री फार्ममा गएराति एक बजे तिर आगलागी भएको हो ।

फार्ममा रहेका १४ सय कुखुरा र ९० बोरा दाना जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

आगलागी कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु