
काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आधिकारिकबाहेक पार्टीगत ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउने तयारी सरकारले थालेको बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनबाहेक अब सबै पार्टीगत युनियन चलाउन नपाउने गरी सरकारले गृहकार्य थालेको मन्त्री पण्डितले बताएका छन्।
केही दिनभित्रै कडा कदम चाल्ने तयारीमा सरकार रहेको उनले जानकारी दिएका छन्। बुधबार रिपोर्टस् क्लबमा कुरा गर्दै उनले भने, ‘अब सरकारले कर्मचारीहरूलाई राजनीति गर्न निषेध गर्छ, अब कुनै पनि पार्टीगत ट्रेड युनियनहरू चल्न दिँदैनौं, सबैलाई प्रतिबन्ध लगाउँछौं, हामीले गृहकार्य थालिसकेका छौं।’
मन्त्री पण्डितले यसका लागि आफूले विद्येयकमै स्पष्ट प्रतिबन्धको व्यवस्था गर्ने पनि जानकारी दिए।








