कात्तिक २९, काठमाडौँ- लागु औषधको कारोबारको आरोपमा पक्राउ परि ३० लाख धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाहलाई थाई प्रहरीले पुन: पक्राउ गरेको छ ।

धरौटी बुझाएपछी तारेखमा छुटेका पारसलाई थाइ अदालतको तारिख गुजारेको अभियोगमा गत बुधबार पुन पक्राउ गरिएको जनाइएको छ ।
पारस पुन पक्राउ परेको विषयमा उहाकी थाई प्रेमिका कन्निकाबाहेक अरुलाई जानकारी छैन । यद्यपी बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमा नै गएर भेट गरेको खबर बाहिर आएको छ । अदालतको तारिख धान्न नगएपछि गरेपछि उहाँ पक्राउ पर्नुभएको हो । यसअघि आफ्नी प्रेमिकाले आफुलाई फसाएको आरोप लगाउनुभएका पारसले फेसबुक मार्फत त्यसो नभएको प्रष्ट पर्नुभएको थियो ।








