ग्लोबल आइएमई बैंकलाई अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्न स्विकृति

कात्तिक २८ । काठमाडौं, ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्न लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएपछि अब नेपाल तथा अष्ट्रेलियाली व्यवसायीहरुबीच व्यापारिक एवं लगानी सम्वन्धी प्रवर्दनात्मक कार्यमा सहयोग पुग्ने भएको छ ।

सम्पर्क कार्यालय खोल्नका लागि यसअघि नै नेपाल राष्ट्र्र बैंकवाट सैद्धान्तिक स्वीकृति पाई हालै अष्ट्रेलियाको नियमनकारी निकाय अस्ट्रेलियन प्रुडेनिसयल रेगुलेस अथोरेटीबाट उक्त देशमा कार्यालय स्थापना गर्ने स्वीकृती प्राप्त गरेको थियो ।

यसै आधारमा राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको हो र अब तुरुन्तै सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, काम तथा पढाईको सिलसिलामा अष्टे्रलिया पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु